प्रशिक्षक जगदिश भट्टले भलिबलबाट लिए ‘ब्रेक’
काठमाडौं : नेपाली भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले भलिबलबाट ‘ब्रेक’ लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत भइरहेको गाली गलौजले स्वास्थ्यमा असर पुगेको भन्दै उनले भलिबलको प्रशिक्षकबाट ब्रेक लिएका हुन्।
काभा पुरुष भलिबलमा गण्डकी प्रदेशका खेलाडी हिमाल सुनारीलाई नियोजितरूपमा नपारेको उनीमाथि आरोप लागेको छ। भलिबलको हितमा सोचे पनि आफूमाथि मान मर्दन भइरहेको उनले बताए। 'मैले भलिबलको हितमा दाग्दा पनि मेरो बारेमा मान मर्दन भइरहेको छ। भिभावकीय संस्था र सम्बन्धित पक्षले पनि वास्ता गरेको छैन। यसले मलाई र मेरो परिवारलाई गाह्रो भयो,’ उनले भने।
भट्ट नेपाली भलिबलमा सबैभन्दा सफल प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा नेपाली महिला भलिबलले एभिसी सेन्ट्रल जोनमा २ पटक उपाधि जितेको छ। उनकै प्रशिक्षणमा नेपाली महिला भलिबल टिमले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक कास्य पदक जितेको थियो।
प्रतिक्रिया दिनुहोस !