अध्यादेश जारी, जेन–जीलाई मतदानको अवसर

अध्यादेश जारी, जेन–जीलाई मतदानको अवसर
सुन्नुहोस्

काठमाडौं : आगामी फागुन २०  गतेसम्म १८ वर्ष पुग्ने नेपालीले मतदान गर्न पाउने भएका छन्। राष्ट्रपति  रामचन्द्र पौडेलद्वारा जारी गरिएको मतदाता नामावली ऐन, २०७३ लाई  संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो। 

‘फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदाता नामावलीमा नाम लेखाएमा मतदान गर्न पाउनेछन्,’ निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने, सम्भवत बिहीबार नै कुन मितिदेखि कुन मितिसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने भन्ने समय तोकिनेछ।’ उनका अनुसार सोहीबमोजिम सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरूले नाम दर्ता गर्न पाउने छन्।     

कात्तिक २० गतेबाट निर्वाचन अबधि  सुरु हुन्छ।  निर्वाचन अवधि सुरु हुनुभन्दा अघिसम्म मतदाता नामावाली संकलनको अबधि तोकिनेछ। उनले बिहीबारसम्म सूचना निकाल्ने तयारी भइरहेको जानकारी दिए। 

आयोगले १ देखि डेढ महिनाको समयावधि निर्धारण गरेर मतदाता  नामावली  संकलनको  समय तोक्दै छ। प्रवक्ता भट्टराईले भने, ‘निर्वाचन अवधि १२० दिन राख्ने आयोगको अभ्यास छ। यसपटक पनि त्यहीअनुसार मतदाता नामावली संकलन सकेर अघि बढ्छौं।’ 
जेन–जीको आन्दोलनपछि संसद् विघटन  भएर आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको छ। पुरानो व्यवस्थाअनुसार यो निर्वाचनमा धेरै युवाहरू मतदानबाट बञ्चित हुने अवस्था थियो। 

जेन–जी आन्दोलनपछि युवाहरूमा  मतदानको आकांक्षा पनि बढेको छ। उनीहरू आफूले मतदान गर्न पाउने कि नपाउने भनेर जिज्ञासा  पनि राखिरहेका थिए। सरकारले युवाहरूको आकांक्षाबमोजिम नै अध्यादेश ल्याएर मतदानको अवसर प्रदान गर्न लागेको हो। 

हाल मुलुकको जनसंख्या २ करोड ९१  लख ६४ हजार ५७८ छ । मतदाता भने १ करोड ८१ लाख छन् । गत असार १६ गते मनाङको उपनिर्वाचन केन्द्रित गरेर मतदाता नामावली संकलन स्थगित भएको थियो। निर्वाचनको  अबधि  नभएका कारण त्यो अद्यावधिक पनि  खासै भएको थिएन। युवामा राजनीतिप्रति वितृष्णा र असन्तुष्टि व्यापक थियो। जसले गर्दा पनि उनीहरूले मतदाता नामावलीमा नाम संकलन गरेका थिएनन्। तर, अब  जेन–जी  आन्दोलनाले युवाहरूमा  पनि राजनीतिप्रति आकर्षण देखिएका छ। 

पुरानो राजनीतिकबाट वाक्क भएका उनीहरूले आफैं नयाँ पुस्तासहित राजनीतिमा आएका छन्। फागुन २१ को निर्वाचन घोषणासँगै आयोग पनि निर्वाचन तयारीमा  जुटेको छ। 

मंगलबार मात्रै निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री सुशीला कार्कीबीचमा निर्वाचनको विषयमा छलफल भएको छ।  पुराना  राजनीतिक दलहरू पनि निर्वाचनको पक्षमा खुल्न थालेका छन्। कांग्रेस, एमाले,  एकीकृत समाजवादी,  रास्वपालगायत दलले गतिविधि गर्न थालेका छन्। जेन–जी युवाहरू पनि नयाँ पार्टी खोल्ने वा कसरी निर्वाचनमा जाने भन्ने तयारीमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.