तुइन खोलामा फसेका यात्रुलाई नि:शुल्क बस सेवा

तुइन खोलामा फसेका यात्रुलाई नि:शुल्क बस सेवा
सुन्नुहोस्

काठमाडौं :  चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउनका लागि निःशुल्क बस सेवा थालिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले तुइन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणगढसम्म निशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए । 

तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाधान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको उनले बताए।

पहिरो पन्छाउनका लागि नारायणगढतर्फबाट तीनवटा र मुग्लिनतर्फबाट दुईवटा मेसिन परिचालन गरिएको रिजालले जानकारी दिए।  मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.