जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्ने सरकारको प्रतिवद्धता

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्ने सरकारको प्रतिवद्धता
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका युवा तथा विद्यार्थीहरूको दोषीमाथि कारबाही गर्ने बताएकी छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड गर्नेहरूमाथि पनि कारबाही गर्ने बताइन्।

उनले निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडको भर्त्सनासमेत गरिन्। सम्बोधनका क्रममा उनले भनिन्, 'यो सरकार दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाउँछ।'

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको थियो। जेनजी प्रदर्शनका क्रममा कम्तीमा ७२ जनाको मृत्यु भयो। सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। 

अन्तरिम सरकारले सांसद, मेयरसहित राजनीतिक पदाधिकारीहरूका स्वकीय सचिवको सुविधा खारेज गरेको छ। अर्थ मन्त्रालयले केन्द्रका मन्त्रालय, प्रदेश र स्थानीय तहलाई पत्राचार गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय भएको हो।
 


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.