बिमा प्राधिकरणका अध्यक्ष शर्माले लिए शपथ
काठमाडौं : नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित समारोहमा अध्यक्ष शर्माले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। शपथपछि उनले आजै कार्यभार सम्हाल्नेछन्।
प्रतिक्रिया दिनुहोस !