जाँचबुझ आयोगले थाल्यो काम , सरकार र नीजि क्षेत्रसँग माग्यो क्षतिको विवरण

जेनजी आन्दोलन

जाँचबुझ आयोगले थाल्यो काम , सरकार र नीजि क्षेत्रसँग माग्यो क्षतिको विवरण
सुन्नुहोस्

काठमाडौं :  पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ ।

जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा बिहीबार बसेको बैठकले क्षतिको विवरण मगाउने निर्णय गरेको हो । 

आयोगले क्षतिको विवरण सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी कार्यालयको क्षतिको विवरण गृह मन्त्रालयबाट मगाउने निर्णय गरेको हो।

साथै,बैठकले  निजी क्षेत्र, उद्योगधन्दा, व्यक्तिगत सम्पतिमा भएको क्षतिका विषयमा आयोगमा आएर वा इमेलमार्फत् बुझाउन सकिने निर्णय गरेको हो।

जाँचबुझ आयोगका संयोजक कार्कीले तोकिएको समयभित्र सक्नेगरी काम गर्ने बताएका छन्। 

यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यहरूमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । यो आयोगको कार्यअवधि तीन महिनाको छ ।
 
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा  जनधनको ठूलो क्षति भएको छ । हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने भौतिक संरचनामा पुगेको क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.