युनिटी कप : वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गर्ने
काठमाडौं : युएईको शारजाहमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघको आयोजनामा आजदेखि सुरू भएको युनिटी कपको पहिलो खेलमा वेस्ट इन्डिजले फिल्डिङ गर्ने निर्णय गरेको हो।
त्यस्तै नेपालका कप्तान रोहित पौडेलले आफूहरू ब्याटिङका लागि तयार भएको बताएका छन्। पहिलो खेलमा आदिल आलम, साहम आलम, आरिफ शेख र लोकेश बम टिममा नहरने कप्तान पौडेलले बताए।
प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजबंशी रहेका छन्।
प्रतिक्रिया दिनुहोस !