युनिटी कप : पावरप्लेमा नेपालले बनायो ३४ रन
काठमाडौं : नेपाल र वेष्ट इन्डिजबीचको युनिटी कपको पहिलो खेलमा नेपालले पहिलो पावरप्लेमा ३४ रन बनाएको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको हो।
नेपालले पावरप्लेमा ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखको विकेट गुमाएको हो। कुशल भुर्तेलले ६ र आसिफ शेखले ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्।
हालः क्रिजमा कप्तान रोहित पौडेल १५ रन र कुशल मल्ल ७ रन बनाएर खेलिरहेका छन्। वेष्ट इनिडजका लागि कप्तान अकेल होसेन र जेसन होल्डरले १-१ विकेट लिए।
नेपालको लागि आजको प्लेइङ ११
कुशल भुर्तेल, आशिफ शेख, रोहित कुमार पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी र नन्दन यादव
प्रतिक्रिया दिनुहोस !