नेपालको तेस्रो विकेट पतन, कुशल मल्ल आउट
काठमाडौं : नेपाल र वेष्ट इन्डिजविरुद्धको पहिलो खेलमा नेपालले तेस्रो विकेटको रूपमा कुशल मल्लको विकेट गुमाएको छ।
नेपालका लागि कुशल मल्लको विकेट १०.४ ओभरमा गएको हो। नवीन विदेशीले कुशलको रूपमा आफ्नो टी-२० अन्तर्राष्ट्रियको मेडन विकेट पाए।
आजको खेलबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका नवीनले डेब्यु विकेट पाएका हुन्। कुशलले २१ बलमा समान २ चौका र २ छक्कासहित ३० रन बनाउँदै क्याच आउट भएका हुन्। कुशलले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ५८ रनको अर्धशतकीय साझेदारी गरेका थिए।
प्रतिक्रिया दिनुहोस !