नेपालले वेस्ट इन्डिजलाई दियो १४९ रनको लक्ष्य
काठमाडौं : नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनिटी कपअन्तर्ग युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो।
नेपालका लागि कप्तान कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले ६ र आसिफ शेखले ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किदा कप्तान रोहित पौडेल र कुशल मल्लले १० ओभर सकिँदा ५० रनको साझेदारी बनाउँदै इनिङ्स अगाडी बढाएका थिए। नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्लको विकेट गुमायो। १०.४ ओभरमा कुशलले २१ बलमा समान २ चौका र २ छक्कासहित ३० रन बनाउँदै क्याच आउट भएका हुन्।
चौथो विकेटका रुपमा रोहित पौडेलले १२.४ ओभरमा ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाउँदै क्याच भए। १४.३ मा वेष्टइन्डिजले वाइड फाल्दा नेपालले १०० रनको दुरी पूरा गरेको हो।
नेपालले ११९ रन बनाउँदा ५ विकेट गुमायो। पाँचौं विकेटको रुपमा गुल्सन झाको विकेट गयो। गुल्सनले १६ बलमा २ छक्कासहित २२ रन बनाए।
दिपेन्द्र सिंह ऐरी १८.३ ओभरमा १७ रनमा क्याच भए। सन्दीप जोराले ९ रन बनाए। करण केसी डकआउट भए।
सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे। वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !