वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
तस्बिर : क्यान

काठमाडौं : नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो। 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो। 

अन्तिम ओभरमा वेष्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न दिपेन्द्र सिंह ऐरी आएका थिए। पहिलो बल डट हुँदा दोस्रो र तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले चौका भेटे। त्यसपछि लगातार २ बल डट भयो। अन्तिम बलमा बाउन्ड्रीमा रहेका कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे।

वेस्ट इन्डिजका लागि नवीन विदेशीले सर्वाधिक २२ रन बनाउँदै हिट विकेटको रुपमा पेभेलियन फर्किए। उनले २५ बलमा समान १ चौका र १ छक्का प्रहार गरे। 

ओपनर ब्याटर अमिर जाङ्गो १९, अकिम अगष्टेले १५ र केएसी कार्थीले १६ रन बनाए। कप्तान अकिल होसेनले ८ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाउँदै क्याच भए। 

वेस्ट इन्डिजले पावरप्लेमा २ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभर सकिँदा ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो। १७ ओभरमा आएर ७ विकेटको क्षतिमा वेष्टइन्डिजले १०० रन पूरा गर्‍यो। 

पाँचौं ओभर बलिङ गरिरहँदा नन्दन यादव लडेका थिए। उनलाई लोअर ब्याकमा समस्या भएको देखिन्थ्यो। केही बेर फिजियोथेरपिष्टले उपचार गरेपछि उनले पुनः बलिङ गर्दै ४.५ ओभरमा अगष्टेको विकेट लिएका थिए। त्यसपछि भने नन्दनलाई मैदानमा देखिएन।

मैदानबाट बाहिरिँदा लोकेश बमले फिल्डिङ गरेका थिए। नेपालका लागि बलिङमा कुशल भुर्तेलले २ विकेट लिँदा नन्दन यादव, रोहित पौडेल, करण केसी,दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किँदा रोहित र कुशल मल्लले ५८ रनको साझेदारी गरेका थिए। कुशल मल्लले ३० रन, गुल्सन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए। 

सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे। वेष्टइन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए। आज लेग सिपनर सन्दीप लामिछाने बेञ्चमा थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.