एसिया कप : उपाधिका लागि पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य

एसिया कप : उपाधिका लागि पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : एसिया कप २०२५ को फाइनल खेल जित्न पाकिस्तानले भारतलाई १४७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
 
युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडिययमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको हो।

पाकिस्तानका लागि ओपनर ब्याटर साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फखर जमानसँग ८४ रनको साझेदारी गरेका थिए। फखरले ३५ बलमा ४६ रन बनाए।

राम्रो सुरुवात पाएको पाकिस्तानको यो प्रतियोगिता अवधिभर नै मिडरअर्डर कोल्याप्सको समस्या रह्यो। आजको खेलमा पनि त्यही भयो। ११३ मा दोस्रो विकेट गुमाएको पाकिस्तानले थप २४ रन बनाउँदा ५ विकेट गुमायो। १३४ मा ७ को अवस्थामा पाकिस्तान आइपुगेको थियो।

१७.५ ओभरमा १४१ रन बनाउँदा पाकिस्तानले नवौं विकेटको रुपमा हरिश रौफलाई गुमायो। त्यसपछि १९.१ ओभरमा मोहम्मद नवाजको रुपमा पाकिस्तान अलआउट भयो।

भारतका लागि बलिङमा सोचेअनुरुप नै स्पिनर हाबी भए। भारतका स्टार स्पिनर कुलदिप यादवले सर्वाधिक ४ विकेट लिए। अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान २-२ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.