गुल्मीमा यात्रुबाहक बस दुर्घटना, १६ जना घाइते (नामसहित)

गुल्मीमा यात्रुबाहक बस दुर्घटना, १६ जना घाइते (नामसहित)
सुन्नुहोस्

बुटवल : गुल्मीमा भएको यात्रुबाहक बस दुर्घटनामा परी १६ जना घाइते भएका छन्। सोमबार बुटवलदेखि मालिका गाउँपालिका ५ अर्जै छापतर्फ जाँदै गरेको लु१ख ७७७६ नम्वरको बस रेसुङ्गा नगरपालिका-४ स्थित छल्दीपनाहमा दुर्घटना भएको थियो।
 
घाइते भएकामध्ये सहचालक ३१ वर्षीय दीपक पराजुलीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ। उनको खुट्टामा गहिरो चोट लागेको छ। अन्य १२ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए। तीन जना उपचार पछि डिस्चार्ज भएका छन्।

बस सडकबाट पाँच मिटर तल खसेको छ। ओरोला र घुम्टीमा ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरू सबै गुल्मीको इस्मा गाउँपालिका-६ स्थित अमरपुरका स्थानीय हुन्। २१ वर्षीय नबिन महत, २२ वर्षीय रेशम भण्डारी, ७३ वर्षिय हरिकला कुमाल घाइते भएका छन्। 

त्यस्तै ४३ वर्षीय राधिका बस्नेत, २२ वर्षीय कोपिला बस्नेत, १७ वर्षीय अनिल बस्नेत, ३३ वर्षीय सरिता कुमाल, ११ वर्षीय कृष्ण कुमाल, ३९ वर्षीय सन्त बहादुर कुमाल,  ७८ वर्षीय चन्द्री कुमाल, ईश्वर कुमाल, ३३ वर्षीय सरिता मतह,  १३ वर्षीय सचिन महत र मालिका गाउँपालिका ६ का ३५ वर्षीय लक्ष्मी बिष्ट घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.