युनिटी कप : नेपालले टस जितेर ब्याटिङ गर्ने, टिममा आदिल समेटिए
काठमाडौं : युएईको शारजाहमा भइरहेको युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। पहिलो खेलमा पनि नेपालले टस हारेर ब्याटिङ गरेको थियो। उक्त खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनजले पराजित गरेको थियो।
टिममा आदिल आलम समेटिएका छन्। अघिल्लो खेलमा चोटका कारण बाहिरिएका नन्दनका ठाउँमा आदिल आलम टिममा समेटिएको कप्तान पौडेलले बताए।
टिममा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, करण केसी, आदिल आलम, सोमपाल कामी, ललित राजबंशी र सन्दीप जोरा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !