पावरप्लेमा नेपालले बनायो ३९ रन, दुई विकेट पतन
काठमाडौं : नेपाल र वेष्ट इन्डिजबीचको युनिटी कपको दोस्रो खेलमा नेपालले पावरप्लेमा ३९ रन बनाएको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३९ रन बनाएको हो।
नेपालले पहिलो विकेट कुशल भुर्तेललाई २ रनमा गुमायो भने दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेल पेभेलियन फर्किए। उनले ३ रन बनाए। दुवैको विकेट वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले लिएका हुन्।
अहिले क्रिजमा आसिफ शेख २६ र कुशल मल्ल ६ रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !