पाटन दरबार क्षेत्रमा परम्परागत अष्टमात्रिका नाच प्रदर्शन
पाटन : फूलपातीको अवसरमा पाटन दरबार क्षेत्रमा परम्परागत अष्टमात्रिका नाच प्रदर्शन गरिएको छ। दिउँसो ३ बजे सुरु भएको सो नाचमा स्थानीय बासिन्दा, भक्तजन तथा विदेशी पर्यटकको ठूलो उपस्थिति थियो।
३५० वर्षभन्दा पुरानो परम्परागत नृत्य अष्टमातृका नाच, जसलाई पाटनका स्थानीयबासीमा गः प्याखान भनेर चिनिन्छ। यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिन नकबहिल परिसरमा विधिवत पूजा सम्पन्न गरेपछि सुरु हुन्छ।
त्यसपछि बाजागाजासहित नागबहाल-पट्को हुँदै मंगलबजार पुगेका देवगणहरूलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराइन्छ र देवगणहरूद्वारा नाच देखाइन्छ। फूलपाती र विजया दशमीका दिन दिउँसो मूलचोकमा यो नाच देखाइन्छ। यो नाच मल्ल राजा श्रीनिवास मल्लको पालामा सुरु भएको हो।






प्रतिक्रिया दिनुहोस !