चाडपर्व लक्षित सामान बोकेको कन्टेनर चीनले रोक्यो, मर्कामा उपभोक्ता र व्यवसायी

चाडपर्व लक्षित सामान बोकेको कन्टेनर चीनले रोक्यो, मर्कामा उपभोक्ता र व्यवसायी

सिन्धुपाल्चोक : नेपाल चीनबीचको उत्तरी नाका तातोपानीबाट दसैंको सामान चीनले नपठाएका कारण उपभोक्ता र व्यवसायी मर्कामा परेका छन्।

दुई महिनादेखि पहिरोका कारण अवरुद्ध रहेको तातोपानी नाका भदौ ६ गतेमात्रै खुलेको थियो। तर, सडक खुले पनि चिनियाँ पक्षले अपेक्षाअनुसार दसैंको सामग्री बोकेका कन्टेनर पठाउन नमान्दा दसैं लक्षित सामान अभाव हुने व्यवसायीको गुनासो छ। 

ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरूद्र थापाले सामान्यतया चाडपर्वको समयमा दैनिक २५-३० कन्टेनर आउनुपर्नेमा हालः ५-७ मात्र आइरहेको बताए। उनका अनुसार चीनमा कन्टेनर जामका कारण ढुवानी प्रभावित भएको हो। 

‘पहिरोका कारण पहिला सामान ल्याउन सकेनौं, अहिले नाका खुले पनि चीनले कम कन्टेनर छाडेको छ’, नेपाल चाइना चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रमेश शेर्पाले भने, ‘नेपाली भन्सार प्रशासनले पनि पर्याप्त पहल नगरेकाले समस्या थपिएको हो।’ 

हिमालय सीमापार वाणिज्य संघका सदस्य बलराम ढकालले चीनले कन्टेनर रोक्नुको ठोस कारण नबताएको बताए। ‘दसैं केन्द्रित सामान भनेर चीनलाई थाहा छ, तर पनि सहज रूपमा कन्टेनर छाडिरहेको छैन,’ उनले भने। व्यवसायी शारदाप्रसाद पराजुलीले चीनमा झन्डै २ सय कन्टेनर रोकिइरहेको जानकारी प्राप्त भएको बताए। 

‘भेँडा-च्याङग्रा ढुवानी र चीनको आन्तरिक व्यवस्थापनका कारण कन्टेनर रोकिएको हुन सक्छ,’ उनले भने, ‘आधिकारिकरूपमा चिनिया पक्षले केही जानकारी दिएको छैन, तर सामान भने आउन सकेको छैन।’

तातोपानी भन्सारका सूचना अधिकारी रमेश शाहले चीनतर्फ जनशक्ति कम भएको सम्भावनासहित केही दिन कम कन्टेनर आएको स्वीकार गरे। ‘हामीले चीनको भन्सारसँग निरन्तर समन्वय गरिरहेका छौं,’ उनले भने, ‘अब केही दिनमा २०-२५ कन्टेनर आउने अपेक्षा गरिएको छ।’ चिनियाँ पक्षले आफूहरूको जनशक्तिअनुसार कन्टेनर पठाइरहेको र नेपाली चाडपर्वको महत्वबारे पनि आफूहरू जानकार रहेको जानकारी दिएको शाहले बताए। 

तर चीनले नेपाली चाडपर्वको बारेमा थाहा पाएरै पनि सामान रहेको कन्टेनर नछाड्दा व्यपारीहरू र उपभोक्तालाई मार परेको नाकासम्बद्ध व्यवसायीहरूले बताएका छन्। नेपाल सरकारले नै सामान ल्याउनका लागि समन्वय गर्नुपर्ने उनीहरूको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.