युनिटी कप : अन्तिम खेलमा नेपालले पायो ब्याटिङको निम्तो
काठमाडौं : नेपाल र वेष्टइन्डिजसँगबीचको युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
युएईस्थित शारजाह क्रिकेट मैदानमा वेष्ट इन्डिजका कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्। नेपालको टिममा आज ३ परिवर्तन गरिएको छ।
नेपालका ओपनर ब्याटर आसिफ शेख, उपकप्तान दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको स्थानमा लोकेश बम, आरिफ शेख र साहब आलमले प्लेइङ ११ मा स्थान बनाएका छन्।
नेपालले पहिलो खेलमा वेष्टइनिडजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गर्दै सिरिज २-० सहित जितिसकेको छ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, लोकेश बम, रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, आदिल आलम, करण केसी र साहब आलम
प्रतिक्रिया दिनुहोस !