पावरप्लेमा नेपालले बनायो ३७ रन
काठमाडौं : नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले पावरप्लेमा बिना विकेट क्षति ३७ रन बनाएको छ।
युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि आज कुशलद्वयले ओपनिङ गरे। आज कुशल मल्लले पहिलो पटक नेपालको सिनियर टिममा ओपनरको रूपमा खेलिरहेका छन्।
कुशल भुर्तेलले १८ बलमा २ चौका र २ छक्कासहित २६ रन बनाएर खेलिरहेका छन्। उनलाई दोस्रो इन्डबाट कुशल मल्लले साथ दिइरहेका छन्।
कुशल मल्लले १८ बलमा १ चौकासहित ११ रन बनाएर खेलिहरेका छन्। नेपालले पहिलो खेलमा वेष्टइनिडजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गर्दै सिरिज २-० सहित जितिसकेको छ।
प्रतिक्रिया दिनुहोस !