१० ओभरमा नेपालले बनायो ६० रन, दुवै कुशल आउट

१० ओभरमा  नेपालले बनायो ६० रन, दुवै कुशल आउट
सुन्नुहोस्

काठमाडौं : नेपालले १० ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ६० रन बनाएको छ। नेपालले ओपनरद्वय कुशल मल्ल र कुशल भुर्तेलको विकेट गुमाएको हो।

युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशलद्वयले ओपनिङ गरेका थिए। आज कुशल मल्लले पहिलो पटक नेपालको सिनियर टिममा ओपनरको रूपमा खेलेका थिए। 

पावरप्लेमा बिना विकेटको क्षति ३७ रन बनाएको नेपालले ६.६ ओभरमा नेपालले पहिलो विकेट गुमायो। नेपालका लागि ओपनिङमा आएका कुशल मल्लको विकेट गुमाएको हो। उनी विकेटकिपरको हातमा क्याच भए। मल्लले २१ बलमा १ चौका सहित  १२ रन बनाउँदै पेभेलियन फर्किए। 

नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले २६ रनमा जीवनदान पाए। ६.४ ओभरमा उनले ठूलो सट खेल्दा उनको क्याच मिस भयो। जेसन होल्डरको बलमा एलनले हातमै परेको बल समाउन सकेनन्। ९.५ ओभरमा उनले ३९ रन बनाउँदै स्लिपमा क्याच भए। 
कुशल भुर्तेलले  २९ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए। 

नेपालले ४१ रन बनाउँदा १ विकेट गुमाएको हो। ६० रन बनाउँदा नेपालले दोस्रो विकेटको रूपमा अर्का ओपनर कुशल भुर्तेलको विकेट गुमायो। 

९.३ ओभरमा अकेल होसेनले कप्तान रोहित पौडेलको विकेटका लागि अपिल गरेका थिए। तर, त्यो बल आधिकारिक बल भएन र अम्पायरले ‘नो बल’को इसारा गरे। रोहित पौडेलले ७ रनमा जिवनदान पाएर खेलिरहेका छन्।

१० ओभरको खेल सकिँदा क्रिजमा ओपनर कप्तान रोहित पौडेल ७ र गुल्सन झा शुन्यमा अविजित रहँदै खेलिरहेका छन्। नेपालले पहिलो खेलमा वेष्टइनिडजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गर्दै सिरिज २-० सहित जितिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.