अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित

अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित
सुन्नुहोस्

काठमाडौं : युनिटी कपअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिजले नेपाललाई १० विकेटले हराएको छ। युएईस्थित शारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनाएको थियो। नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२.२ ओभरमा बिना कुनै विकेट क्षति लक्ष्य पूरा गर्‍यो।
 
अघिल्लो २ खेल हार्दै सिरिज गुमाएको वेस्ट इन्डिजले सान्त्वना जित निकालेको हो। वेस्ट इन्डिजको जितमा ओपनरद्वय अमिर जाङ्गो र अकिम अगष्टेले १२३ रनको शतकीय साझेदारी गरे। वेस्ट इनिडजका लागि ओपनरद्वय अमिर जाङ्गो र अकिम अगष्टेले क्रमशः ७४ र ४१ रनमा अविजित रहे।

नेपालले ६ जना बलर लगाएर पनि कुनै पनि विकेट निकाल्न सकेन। अन्तिम खेलमा हार व्यहोरे पनि ३ खेल सम्मेलित सिरिज नेपालले २-१ ले जितेको हो। 

पहिलो पटक टेष्ट मान्यता प्राप्ता राष्ट्रसँग सिरिज खेल्ने मौका पाएको नेपालले सिरिज जित्दै इतिहास बनाएको छ। पहिलो इनिङ्समा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाएका थिए। उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर कुशल मल्लले १२, कप्तान रोहित पौडेलले १७, गुल्सन झाले १०, सन्दीप जोराले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्डले सर्वाधिक ४ विकेट लिए। जेडिआ वाल्डेजले २ विकेट लिँदा, कप्तान अकेल होसेन, जसन होल्डर १-१ विकेट लिए। नेपालले पहिलो खेलमा वेष्टइनिडजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो। 
अब नेपालले ओमानमा पूर्वी एसियन पेसिफिक टी-२० विश्वकप छनोट खेल्नेछ। अक्टोबर ८ बाट नेपालले छनोट खेलमा भाग लिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.