चितवनको राजमार्ग हुँदै सवारी चलाउन रोक

चितवनको राजमार्ग हुँदै सवारी चलाउन रोक
सुन्नुहोस्

काठमाडौं : चितवनको राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाबीचको बैठकले चितवन हुँदै चल्ने सवारीमा रोक लगाउने निर्णय गरेको हो।

'आज रातीदेखि भइरहेको भारी वर्षाको कारण नारायणगढ-मुग्लिङ नागढुंगा सडक खण्डमा पहिरो गइरहेको, जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार मिति २०८२।०६।१९ र २० गतेसम्म वर्षा भइरहने पूर्वानुमान रहेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट मिति २०८२।०६।१८ गते प्रकाशित सूचना समेतलाई मध्यनजर गरी नारायणगढदेखि काठमाडौंतर्फ जाने र चितवन हुँदै अन्य जिल्लामा जाने अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधनहरुको आवत-जावत आज मिति २०८२।०६।१८ गते साँझ ६:०० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सरोकारवालामा जानकारीको लागि अनुरोध छ । यो सूचना कार्यान्वयनमा आवश्यक सहयोग, समन्वय एवं सहजीकरण गरिदिनु हुन जिल्ला सुरक्षा समिति चितवन हार्दिक अनुरोध गर्दछ,' प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.