उर्लियो रोशी खोला, सिन्धुलीमा तीन घर टहरा बगायो
सिन्धुली : सिन्धुलीमा रोशी खोलामा आएको बाढीले तीनवटा घर टहरा बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार रोशी खोलामा आएको बाढीले सुनकोसी गाउँपालिका १ स्थित गजुली दह नजिकै रहेका तीनवटा घर टहरा बगाएको हो ।
केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले गजुली दलह नजिकै कुशेश्वर मन्दिर जाने बाटो छेउकै तीनवटा घर टहरा बगाएको र अन्य घरहरु जोखिममा परेका छन् । आइतबार बिहान रोशीको बाढीले तीनवटा घर टहरा बगाएको सिन्धुलीका प्रहरी प्रवक्ता सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
अन्य दर्जनौं घरहरू बाढीको जोखिममा परेका छन् । बाढीको जोखिममा परेका घरका मानिस र सरसामानहरु सुरक्षित स्थानमा सारिएको बताइएको छ । उक्त स्थानमा गत असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीले समेत क्षति पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस !