सिर्सिया नदीको बाढी वीरगन्ज महानगरमा पस्यो , तीन सय बढी घर डुबानमा

सिर्सिया नदीको बाढी वीरगन्ज महानगरमा पस्यो , तीन सय बढी घर डुबानमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण नदीको जलस्तर बढेर मानववस्तीमा पस्दा वीरगन्ज महानगरमा मात्रै ३ सय बढी घरहरू डुबानमा पारेका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीका अनुसार आइतबार दिउँसो १ बजेसम्म प्राप्त जानकारी अनुसार सिर्सिया नदीको जलस्तर बढेर वीरगन्ज महानगरपालिकाका दर्जनबढी वस्तीमा छिरेको छ । वडा नम्बर ९,१०,११,२३,२३ र २४ मा बाढी पसेर घरहरू डुबानमा परेका हुन्  ।

आइतबार दिउँसोसम्म डुबानमा परेका वस्तीहरूबाट नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र महानगरको नगर प्रहरीको टोलीले ५ सय बढी मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रजिअ अर्यालले जानकारी दिए ।

विद्यालय, धर्मशाला , क्लबका भवनलगायतमा लगेर राखिएका उनीहरूलाई वीरगन्ज उद्योग वाणिज्य संघको समन्वय वीरगन्ज महानगरपालिकाले ड्राइफुड, पानी र आवश्यक औषधि वितरण गरेको प्रजिअ अर्यालले जानकारी दिए । वस्तीमा पसेको बाढीको पानी पूर्णरुपमा कम नभएसम्म उनीहरूलाई घर नफर्काइने पनि सुबेदीले बताए ।

null

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीको बाढीबाट हालसम्म वीरगन्ज महानगरका आधा दर्जन वडाहरु डुबानमा परेको बताए  । आइतबारबिहान डुबानमा परेका वडाहरुमा आँफै पुगेका मेयर सिंहले भने, घरभित्र पानी पसेर अलपत्र परेका परिवारहरुलाई उद्धार गरेर नजिकको सुरक्षित स्थानहरुमा राखएिको छ । उनिहरुका खानपान र बासको प्रबन्ध मिलाएका छौं।

वस्तीमा पसेको बाढीको पानी निकासका लागि महानगरपालिकाले आफ्ना चार वटा डोजरहरु बिहानैदेखि परिचालन गरिएको जानकारीपनि उनले दिए ।डुबानग्रस्त क्षेत्रहरुमा उद्धार र राहत वितरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र महानगरको नगर प्रहरी गरी १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारीपनि उनले गराए ।

null

उनले भने,'बाडी र डुबानाबाट वीरगन्जमा अहिलेसम्म मानवीय क्षति भएको छैन । घरहरूमा बाढीको पानी पस्दा सरसामानहरु केहि मात्रमा नोक्सान भएका छन् ।'

यसैबीच वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा रहेको वीरगन्ज जीतपुर गौशालामा सिर्सिया नदीकै बाढी पसेर फसेका १३२ वटा गाईलाई उद्धार गरी सुरक्षित स्थानमा लगेर राखेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले जानकारी दिए ।    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.