जेनजी आन्दोलनमा कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त शर्मा पक्राउ
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङको तुलसीपुर उपमहानगरपालिका-१६ का सन्देश शर्मालाई पक्राउ गरेको हो।
शर्मालाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। शर्मा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए।
प्रतिक्रिया दिनुहोस !