रौतहटमा बाढीको बितण्डा : मौलपुरदेखि कलैया जाने सडक बगायो
रौतहट : अविरल वर्षाले आएको बाढीले रौतहटको मौलापुर, सोनारनियाहुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडक खण्ड बगाएको छ । वर्षासँगै आएको बाढीले कालोपत्रे सडकको ठूलो भाग बगाएपछि सो मार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको स्थानीयले जानकारी दिएका छन्।
स्थानीय रूपेश श्रीवास्तवका अनुसार जयनगर–मौलापुरहुँदै कलैया पुग्ने सडक मधेस प्रदेशको व्यस्त सडक हो । सडक नै बाढीले बगाएपछि यात्रुहरू बीचमा फसेका छन् भने चालकहरूलाई समेत ठूलो कठिनाइ भएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन् ।
यसैबीच, स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले क्षति मूल्यांकनका लागि टोली पठाएको जनाएको छ । सम्बन्धित निकायले तत्काल मर्मत कार्य प्रारम्भ नगरेमा यो मार्ग लामो समयसम्म ठप्प रहने अवस्था आएको स्थानीयले बताएका छ्न् ।
प्रतिक्रिया दिनुहोस !