पर्सामा हैजाविरुद्धको खोप लगाइने

पर्सामा हैजाविरुद्धको खोप लगाइने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : डेढ महिनाअघि देखिएको हैजा र झाडापखाला महामारी रोकथामका लागि पर्सामा हैजाविरुद्धको खोप अभियान असोज २६ गतेदेखि सुरू गरिने भएको छ ।  वीरगन्ज महानगरसहित पर्साका केहि पालिकामा गत भदौं ६ गतेदेखि हैजा र झाडपाखालाको महामारी फैेलिएकोमा हालपनि अस्पतालमा झाडपाखालाका बिरामी उपचाररत छन् । 

वीरगन्जसहित पर्सामा डेढ महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइनसकेका कारण सरकारले पर्सा र छिमेकी जिल्ला बारामा एकैसाथ हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

दुवै जिल्लाका लागि सरकारले विदेशबाट १० लाख १८ हजार १ सय डोज (खोप) नेपालमा आयात गरिसकेको छ । पर्सामा असोज २६ गतेदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकउत जयमोद ठाकुरले जानकारी दिए । 

खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरुको अभिमुखीकरणका लागि वीरगन्जमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा भेटिएका ठाकुरले असोज २६ देखि कात्तिक २ गतेसम्म चल्ने अभियानमा जिल्लाका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप दिइने जानकारी दिए । 

१ वर्ष माथि उमेर भएका सबै व्याक्तिलाई हैजाविरुद्धको खोप दिइने उनले बताए ।उनका अनुसार, हैजाीवरद्धको खोप अभियानका लागि जिल्लाका १४ वटै पालिकामा गरी १ हजार ९५० वटा खोप केन्द्र स्थापना गरिने छ ।जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल,सबै सामसदायिक तथा निजी विद्यालय, कलेज,सबै सरकारी कार्याएलय, गैरसरकारी संघसंस्थाका कार्यालय,नियमित खोप सेवा सञ्चालन हुदैं आएका बाह्य खोप केन्द्रहरु,मन्दिर,मस्जिद, चर्च, गुम्बा,बसपार्क, नेपाल भारत सीमा नाका,उद्योग कलकारखाना सबैमा खोप केन्द्र स्थापना गरिने उनले बताए ।

हैजारिुद्धको खोप अभियानका लागि महिला स्वास्थ्य स्वंयसेविका १ हजार ५४४ जना र स्वास्थ्यकर्मी ३ सय ५०जना गरी कूल १ हजार ८९४ जना जनशक्ति परितचालन गरिने जानकारी उनले गराए ।

हैजा प्रभावित स्थान र आसपासका मानिसलाई हैजा रोग लाग्नबाट जोगाउनका लागि तथा हैजा फैलिएको स्थानबाट अन्यस्थानमा हैजा फैलनबाट रोक्नका लागि यो खोप अभियान सञ्चालन गर्न लागिएको ठाकुरले बताए । 

छिमेकी बारा जिल्लामा भने १६ पालिकामध्ये कलैया र जीतपुरसिमरा उपमहानगरपालिका,परवानीपुर, प्रसौनी,फेटा र विश्रामपुर गाँउपापलका गरी ६ वटा पालिकामापनि हैजा विरुद्धको खोप अभियान असोज २६ गतेदेखि नै सञ्चालन हुन लागेको जानकारी उनले गराए। 

गत भदौ ६ गते पहिलो पटक अस्पतालमा उपचाररत झाडापखालाका ३ जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म (असोज २१ गतेसम्ममा) पर्सामा २४५ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा तीसबै उपचारपश्चात घर फर्किसकेका छन् । 

यसैगरी पर्सामै भदौ ६ देखि असोज २१ गतेसम्म विभिन्न अस्पतालमा गरी सिकिस्त झाडापखाला र शंकास्पद हैजाका बिरामी गरी १ हजार ६८० जना भर्ना भएकोमा तीमध्ये १ हजार ६७५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल अस्पतालमा ५ जना मात्रै झाडपखालाका बिरामी उपचाररत रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.