प्रि ओपन सेसनमा नेप्से परिसूचक १७.६५ अंकले बढ्यो
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १७.६५ अंकले बढेर २,५२१ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४९ स्क्रिप्सको ९६ हजार ३७३ कित्ता सेयर ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !