हमासले ढालेको विपिनको कृषि विज्ञ बन्ने सपना

हमासले ढालेको विपिनको कृषि विज्ञ बन्ने सपना
सुन्नुहोस्

जब हामी समाचारहरूमा ‘मृत भएको’ सुन्छौं, त्यो शब्दले हामीलाई स्तब्ध बनाउँछ। हृदय एकैछिन थामिन्छ त्यही एक नाम, त्यो एक जीवन, त्यो एक आशा सबै क्षणमै हाम्रो मनमा हलचल मच्चाउँछ। आज समाचार सुनियो, विपिन जोशी अब जीवित छैनन्।

नेपाल कृषिप्रधान देश हो, तर ज्ञान र प्रविधि सीमित छन्। धेरै युवाहरू कृषि अध्ययन र आधुनिक प्रविधिको ज्ञान लिन विदेश गएका छन्। कसैले खेतमा फर्किने सपना बोकेका छन् त कसैले देश निर्माणको आशा राखेका छन्।  विपिन जोशी पनि त्यस्तै विद्यार्थी थिए।

उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलको किबुत्ज (कृषि समुदाय)मा गएका थिए। जहाँ उनी अध्ययनसँगै खेतीपातीको काम गर्दै थिए। उनले सम्भावना देख्थे आत्मनिर्भर बन्ने अनि परिवार र देशका लागि योगदान दिने।

जब मैले उनको प्रारम्भिक जीवनका केही विवरण खोजेँ, त्यो सीमित थियो त्यो सीमितता नै उनको अस्तित्वलाई अझ अनेक प्रश्नमय बनायो।

७ अक्टोबर २०२३, त्यो भयानक रात

जुन दिन इजरायल–हमास द्वन्द्व सुरु भयो। जसमा धेरै निर्दोष नागरिक मरे, घाइते भए र कतिपय अपहरणमा परे। किबुत्ज एलुमिम आसपासका क्षेत्रहरू आक्रमणको चपेटामा परे।

समाचारअनुसार विपिन पनि त्यो घटनामा परेका थिए। उनीहरू सुरक्षित कोठामा लगिँदै गरेकै बेला निशानामा परे। 
उनीहरूको समूहमा अन्य नेपाली विद्यार्थीहरू पनि थिए। जसमा १० जना मारिए, केही घाइते भए, केही भाग्न सफल भए, केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार उनले एक ग्रेनाइडलाई समाते र कोठाबाट बाहिर फ्याँक्ने प्रयास गरे। त्यो कहानी अहिले उनको बहादुरीको प्रतीक बनेको छ। तर, त्यसपछि धेरै समयसम्म सूचना शून्य रह्यो। परिवार र नेपाली समुदायहरूले हरेक स्रोतमा खोजी गर्न लागे। नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह, मिडिया पनि उत्तिकै लागेका थिए।

सन् २०२३ नोभेम्बरमा गाजा अस्पताल चिह्नित भिडियो फुटेजमा उनी देखिएको दाबी सार्वजनिक भयो। समय–समयमा अफवाहहरू फैलिए उनी यहाँ छन्, उनी त्यहाँ छन् भन्दै। तर कुनै विश्वसनीय पुष्टि नभएकाले आशाहरू बीचमा झरिरहे।

सरकार, परिवार र मिडियाको संघार

परिवारका आँखा निरन्तर निगरानीमा थिए। आमा रातभर समाचार हेर्थिन्। बहिनी आफ्नो समर्थन जुटाउने प्रयासमा रहन्थिन्।

नेपाल सरकार दूतावास र विदेश मन्त्रालयमार्फत संवादमा लाग्यो। इजरायलका अधिकारीहरूसँग वार्ता भयो। सार्वजनिक अपीलहरू, प्रेस विज्ञप्ति, अन्तर्राष्ट्रिय संस्था र मानवअधिकार समूहहरूमा पनि उत्तिकै दबाब भयो। यो विषय देश–विदेशमा चर्चा बनेको थियो। एक नेपाली युवकले अपहरणमा परेर कहिले फर्कने हो भन्ने प्रश्नले आम भावनालाई छोइरहेको थियो।

आज, १३ अक्टुबर २०२५ मा समाचारले हामीलाई एक कठोर सत्य बोलेको छ। इजरायली सेना र हमासबीच समझदारी अनुसार सार्वजनिक सूचीमा विपिन जोशीको नाम मृतक बन्धकहरूको सूचीमा राखिएको छ। इजरायली सैन्य अधिकारीहरूले जोशी जीवित नरहेको औपचारिक सूचना दिएका छन्। इजरायली मिडियाहरूले हमासले  सार्वजनिक गरेका ४ मृत बन्धकहरूमध्ये बिपिन जोशीको नाम पनि उल्लेख भएको पुष्टि गरेका छन्।  

इजरायली अधिकारीहरूले नेपाली राजदूत, उनको बहिनी र अन्यलाई भिडियो कलमा जोडिएर जोशी जीवित सूचीमा नभएको जानकारी दिएका थिए।  यसकारण, यो खबर विश्वासयोग्य देखिन्छ। जब कसैको बारेमा ‘उनी छैनन्’ भन्ने समाचार आउँछ, परिवार र नेपालीहरूमा एउटा रिक्तता पाइन्छ। आवाज हरायो, मुस्कान हरायो, भविष्यका सपना हरायो।

उनकी आमा, जो रातदिन छोराको लागि प्रार्थना गर्थिन्, त्यो प्रार्थना अचानक अनुपस्थितिको घनीमा बदलिनेछ। उनकी बहिनी, जसले आफ्नो समर्पण र आँसुलाई सार्वजनिक गर्ने काम गरिरहेकी थिइन्, अब त्यो आवाजमाथि मृत्युको बराबरमा थामिने जोखिमले भित्रिन्छ।

संसारभरका समाचारले यो नाम लिएँ तर त्यो नाम अब जीवनसहित नभई मृत्युसहित। उनका साथी, जसले उससँग गीत गाएका थिए, सपना साझा गरेका थिए, आज त्यो साझेदारीमा एक संख्या जोड्न सक्दैनन्।

यो केवल परिवारको व्यक्तिगत क्षति होइन यो एउटा राष्ट्रिय दुःख हो। एक युवा प्रतिभाको अन्त्य, एक सपना अधुरो छाडिने। विपिन जोशीको जीवन एउटा आशा थियो। भविष्यको ठाउँ थियो। त्यो आशा अचानक मृत्युद्वारमा पुगेको समाचारले हामीलाई स्तब्ध बनायो।

तर, उनको कथा सुनिरहने, याद गर्ने, प्रश्न गर्ने, गलतलाई उजागर गर्ने, त्यो हाम्रो दायित्व बनेको छ। उनको मृत्युले हामीलाई याद दिलाउँछ कि युद्ध र द्वन्द्वमा ती मानिसहरू मात्र होइनन् जो मर्छन् उनीहरूका परिवारहरू, सपनाहरू, भावनाहरू पनि मर्छन्। तर, उनको नाम, उनको कथा त्यो हामीले जीवनभर बोकेर राख्नेछौं। हार्दिक श्रद्धाञ्जली विपिन भाइ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.