जेनजी आन्दोलन

१०४ विदेशी कैदी फरार, सबैभन्दा बढी चिनियाँ

१०४ विदेशी कैदी फरार, सबैभन्दा बढी चिनियाँ

काठमाडौं : गत भदौ  २३ र २४ को जेनजी आन्दोलनपछि हालसम्म १०४ जना विदेशी कैदीहरू फरार रहेका छन्। तीमध्ये सबैभन्दा धेरै चिनियाँ कैदीहरू रहेका छन्। उनीहरू विभिन्न समयमा नेपालको भिसा दुरुपयोग गरी अपराधमा संलग्न थिए।

कारागार व्यवस्थापन विभागका अनुसार मंगलबारसम्म १०४ जना विदेशी कैदी फरार छन्। फरारमा हुनेमा चिनियाँ, बंगलादेशी र दक्षिण अफ्रिकाका कैदीहरू धेरै रहेका छन्। बिहीबार जारी गरेको सूचनाअनुसार चिनियाँ नागरिक २२ जना, बंगलादेशी नागरिक १५ जना, दक्षिण अफ्रिकाका १० जना रहेका छन्। उनीहरू नख्खु र जगन्नाथ देवल कारागारबाट फरार रहेको कारागार व्यवस्थापन विभागले जानकारी दिएको छ।

सूचना अनुसार चिनियाँहरू मुद्रा, मानव बेचबिखन, सुन भन्सार चोरी पैठारी, जबरजस्ती करणीलगायत कसूरमा पक्राउ परी कारागार चलान भएका थिए। त्यस्तै बंगलादेशीहरू ठगी, लागुऔषध, अपहरण र शरीर बन्धकलगायत कसूरमा जेलमा रहेका थिए। फरार रहने विदेशी कैदीमा लागुऔषध कसूरका धेरै रहेको सूचनामा उल्लेख छ।

गत महिना भएको आन्दोलनमा देशभरिका कारागारबाट कैदीहरू फरार भएका थिए। हालसम्म ४ हजार ६५८ जना नेपाली कैदीहरू फरार छन्।

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.