दोलखामा भालुको आक्रमणबाट पुरुषको मृत्यु
दोलखा : वैतेश्वर गाउँपालिका-३ मा भालुको आक्रमणबाट पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान घर नजिकैको बारीमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको र घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय दोलखाले जनाएको छ।
घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलमा भालुले आक्रमण गरी तामाङको अनुहार र टाउकोमा गहिरो चोट बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !