मिराज ढुंगानाले गरे नयाँ दल खोल्ने घोषणा

मिराज ढुंगानाले गरे नयाँ दल खोल्ने घोषणा

काठमाडौं : 'गरिखान देउ' अभियानका संयोजक मिराज ढुंगानाले नयाँ दल खोल्ने घोषणा गरेका छन्। यसका लागि नयाँ वार्ता समिति गठन भएको उनले जानकारी दिएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमा भीडीयो पोस्ट गर्दै उनले 'गरिखान देउ' अभियानमार्फत् नयाँ दल खोल्न लागेको बताए।

जेनजी आन्दोलनपछि देशमा नयाँ अवसर आएको त्यसका लागि राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था आएको उनको भनाइ छ। उनले मुलुकमा देखिएको समस्या निकासका लागि आफू लागिपर्ने बताए।

उनले भने,' 'देश गम्भीर अवस्थामा छ। जेनजी आन्दोलनमा ७८ जना नेपालीले ज्यान गुमाएका छन्। देशले निकाश खोजिरहेको छ,'उनले भने,'आमूल परिवर्तन ल्याउन शान्तिपूर्ण रुपमा डटेर लाग्नेछौं।'

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीलाई मताधिकार  सुनिश्चित र भ्रष्टाचार नियन्त्रण आफ्ना मुख्य एजेण्डा रहेको बताए। उनले देश फेर्ने अभियानमा आउन समेत आग्रह गरे।

कार्तिक गते १ गते पत्रकारसम्मेलन गरी थप जानकारी दिइने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.