बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी
सुन्नुहोस्

काठमाडौं : बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि उडान सञ्चालन बन्द गरिएको छ।

बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ।

पत्रिकाले अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै  दिउँसो विमानस्थलको गेट नम्बर आठ नजिकै कार्गो खण्डमा आगलागी भएको भनेको छ।

यसैबीच इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश नौसेना र बंगलादेश वायुसेनाको दुई दमकल एकाइ  आगो निभाउनमा संलग्न छन्।

यसबाहेक सीमा रक्षक बंगलादेशका दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सामेल भएका छन्।

ढाका विमानस्थल स्रोतले द डेली स्टारलाई बताएअनुसार विमानस्थलमा अवतरण गर्ने तय भएका कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.