इजरायलमा सहृदयताले सांगीतिक कन्सर्ट गर्दै

इजरायलमा सहृदयताले सांगीतिक कन्सर्ट गर्दै

तेलअविव : नेपाली समुदायमा सहयोग र सकारात्मक सोचको सन्देश फैलाउने उद्देश्यसहित सहृदयता इन्टरनेसनल इजरायलले आगामी नोभेम्बर १४ (कात्तिक २८) मा विशेष सांगीतिक कन्सर्ट आयोजना गर्ने भएको छ।

कन्सर्टमा नेपाली संगीतका लोकप्रिय गायक दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड र लोक तथा आधुनिक गायिका सुनिता कटुवालले प्रस्तुति दिने भएका छन्। आयोजकका अनुसार कार्यक्रम इजरायलमा बसोबास गर्ने नेपाली समुदायका लागि मात्र मनोरञ्जन होइन, देशप्रतिको संवेदना र सहानुभूतिसँग पनि जोडिएको प्रयास हो।

आयोजकका अनुसार, कन्सर्टबाट उठ्ने मुनाफाको सम्पूर्ण रकम भदौ २४ मा भएको ‘जेन जी आन्दोलन’ का क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा प्रयोगका नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।

इजरायलमा नेपाली कलाकारको उपस्थिति सधैं उत्साह र एकताको प्रतीक रहँदै आएको छ। यस पटकको कन्सर्टले पनि मनोरञ्जनसँगै राष्ट्रिय भावना जगाउने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रमलाई भव्य र अनुशासित बनाउन इजरायलमा रहेका सबै नेपालीहरूलाई सहभागिताका लागि आग्रह गरेका छन्।

यस्तै उदेश्यको लागी गत शुक्रबार गैर आवासीय नेपाली संग इजरायलले कलाकार शिव परियारलाई ल्याएर तिहार साङ्तिक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमबाट के कति मुनाफा भयो भन्ने कुराको जानकारी दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.