ढाकाको कारोबार तिहारमा अत्यधिक

ढाकाको कारोबार तिहारमा अत्यधिक

नुवाकोट : तिहारका सन्दर्भमा नुवाकोटमा यस वर्ष ढाकाको व्यापार बढेको छ। पछिल्लो समय ढाकाजन्य पोसाक खरिद गर्नेहरू बढिरहेका छन्। 

लामो समयदेखि घरायसी र काम चलाउका रूपमा मात्रै ढाकाका वस्तुहरू प्रयोग गरिँदै आएकामा तिहारमा दिदीबहीनीले दाजुभाइलाई ढाकाको टोपी तथा दाजुभाइले दिदीबहीनीलाई ढाकाको चोलो उपहार दिने चलन रहेको छ। ढाकाबाट निर्मित टोपी, पछ्यौरा, दौरासुरुवाल, पर्स, चोली, सुट, पाइन्टलगायत पोसाक तथा उपहार सामग्रीहरू तिहारका बेला दिदीबहीनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहीनीलाई उपहार स्वरूप प्रदान गर्ने प्रचलन रहेका कारण कारोबार बढेको व्यापारीहरू बताएछन्। 

ढाकाबाट बनेका सामग्री उपहारका रूपमा होस या मौलिक पहिचानका रूपमा ढाकाको छुट्टै पहिचान रहेको पीपलटारका ढाकाप्रेमी रामहरि घिमिरेको भनाइ छ। उनका अनुसार ढाकाजन्य पोसाकहरू सर्ट, पाइन्ट, कोट पहिरिएर हिँड्नेहरूसमेत बढिरहेका छन्। 

तिहारमा मागअनुरूप ढाकाको उत्पादन हुन नसक्दा कतिपय ग्राहकहरू खरिद गर्न नपाएर फर्कन बाध्य भएको पाइन्छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिन सके र उत्पादनलाई अझ वृद्धि गराउँदै लैजान सके पाल्पालीको गौरव र पहिचान ढाकाले बजारमा राम्रो प्रभाव पार्न सक्ने वट्टारबजारका कपडा व्यवसायी पूर्णमानकुमार श्रेष्ठको भनाइ छ।

उनका अनुसार मौलिकता तथा पहिचानका लागि नेपाली ढाकाको कपडाबाट निर्मित पोसाकहरू खरिद गर्ने बढेका हुन्। मागअनुसार ढाकाको कपडा आउन सकेको छैन। 

नेपालीको दोसो ठूलो पर्व तिहारका सन्दर्भमा ढाकाको व्यापार बढेको बट्टार बजारका अर्का व्यापारी सञ्जीवबहादुर श्रेष्ठको भनाइ छ। उनका अनुसार हाल धेरै गाउँ गाउँमा समेत यातायात पुगेका कारण तिहारमा ढाकाको कारोबार झनै बढेको हो। 

ढाका तथा यसबाट बनेका टोपी, पर्स, चोली, पछ्यौरी, टाई र आसकोटलगायत वस्तुले निकै महत्व र बजार पाएको पाइन्छ। यस्ता अनेक ढाकाबाट निर्मित वस्तुहरूले समय सापेक्षअनुरूप आमजनताको उपभोग्य चाहना र क्षमतालाई परिपूर्ति गर्दै आएको छ।

पछिल्लो समय यसको मागअनुरूप उत्पादन हुन आवश्यक रहेको सबैको चासो र सरोकारको विषय बनेको छ। पहिले स्थानीय उद्योग तथा वाणिज्य कार्यालयले तालिम दिँदा ढाकाको माग समयअनुरूप बढ्दो थियो, अब ढाका उद्योगलाई प्रोत्साह गर्ने आवश्यक रहेको ढाका सामग्री उत्पादकहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.