धान खरिद गर्न खाद्य कम्पनीले १३ वटा स्थान तोक्यो

धान खरिद गर्न खाद्य कम्पनीले १३ वटा स्थान तोक्यो
फाइल तस्बिर

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न १३ वटा खरिद केन्द्र सञ्चालन गरिने निर्णय गरेको हो।

कम्पनीले महेन्द्रनगर, धनगढी,राजापुर,नेपालगञ्ज, जुम्ला,तुलसीपुर,भैरहवा,पोखरा,वीरगन्ज,लहान,जनकपुर,विराटनगर र बिर्तामोड गरी १३ वटा केन्द्रबाट धान खरिद गर्नेछ।

यसैगरी बैठकले आवश्यकताअनुसार कम्पनीको प्रादेशिक कार्यालय,मुख्य शाखा कार्यालय र शाखा कार्यालयहरूले स्थानीय तहसँग समन्वय गरी खरिद उपकेन्द्रहरू थप गर्न सकिने निर्णय गरेको छ।

भण्डार गृहको क्षमता भन्दा बढी धान खरिद गर्नुपर्ने अवस्था आइपरेमा खुला स्थानमा सञ्चय गरी राखिएको धानको सुरक्षाका लागि स्थानीय प्रशासनको सहयोग लिने र कम्पनीले सोको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ।

बजारमा उपलब्ध चामलको बजारमूल्य र कम्पनीले न्यूनतम समर्थन मूल्यमा धान खरिद गरी चामल उत्पादन गर्दा हुने  Conversion Cost हिसाब गरी हुन आउने फरक रकम नेपाल सरकारबाट प्राप्त गर्न सञ्चालक समितिमार्फत् अर्थ मन्त्रालयमा पत्राचार गर्ने, कम्पनीले तोकेको गुणस्तर र मापदण्ड अनुरुपको सामान मात्रै खरिद गर्ने र सोको सुनिश्चितता खरिद केन्द्रमा गुणस्तर प्राविधिक कर्मचारीद्वारा गराइनेलगायत बैठकले निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.