आतंकवादविरुद्धको लडाइँमा एकता आवश्यक : भारतीय प्रधानमन्त्री

आतंकवादविरुद्धको लडाइँमा एकता आवश्यक : भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद विश्व शान्ति र सुरक्षाका लागि गम्भीर चुनौती भएको बताएका छन्। मलेसियाको राजधानी क्वालाम्पुरमा भारत–आसियान २२ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले आतंकवादविरुद्धको लडाइँमा एकताको आवश्यकता रहेको बताएका हुन्।

मोदीले आर्थिक वृद्धि र आतंकवादलगायतका विषयमा क्षेत्रीय सहकार्य र सहयोगलाई अझ वृद्धि गर्नु पर्नेमा जोड दिए । भारत र आसियानले विश्वको लगभग चौथाइ जनसंख्या प्रतिनिधित्व गर्ने मोदीले बताउँदै भने,'हामी केवल भौगोलिक रूपमा मात्र जोडिएका छैनौं हामी गहिरो ऐतिहासिक सम्बन्ध र साझा मूल्यहरूले पनि बाँधिएका छौं ।'

'हामी ग्लोबल साउथका सहयात्री हौं,'उनले भने, 'हामी केवल व्यापारिक साझेदार होइनौं, सांस्कृतिक साझेदार पनि हौं। आसियान भारतको एक्ट इस्ट नीतिको मूल आधार हो  भारतले सधैं आसियानको केन्द्रीयता र हिन्द–प्रशान्त क्षेत्रमा आसियानको दृष्टिकोणलाई पूर्ण समर्थन गरेको छ ।'

मोदीले अनिश्चितताले यो समयमा भारत–आसियान व्यापक रणनीतिक साझेदारी निरन्तर प्रगति गरिरहेको बताए ।  ‘हाम्रो यो मजबुत साझेदारी विश्व स्थिरता र विकासका लागि दृढ आधारका रूपमा उभिइरहेको छ,' उनले भने ।

'यस वर्षको आसियान शिखर सम्मेलनको विषयवस्तु 'समावेशिता र दिगोपन' हो । यो विषय हाम्रो संयुक्त प्रयासहरूमा स्पष्ट देखिन्छ। चाहे त्यो डिजिटल समावेशिता होस् वा वर्तमान विश्वव्यापी चुनौतीहरूको बीचमा खाद्य सुरक्षा र दिगो आपूर्ति शृंखला सुनिश्चित गर्ने कुरा होस्। भारतले यी प्राथमिकताहरूलाई पूर्ण समर्थन गर्दछ र सँगै अघि बढ्न प्रतिबद्ध छ, 'उनले भने ।

भारतले प्रत्येक विपद्को बेला आफ्ना आसियान मित्रहरूका साथ दृढतापूर्वक उभिएको बताउँदै उनले भने,' हाम्रो एचएडीआर (मानवीय सहायता र राहत कार्य), समुद्री सुरक्षामा, र नीलो अर्थतन्त्रमा सहकार्य तीव्र गतिमा बढिरहेको छ। यस सन्दर्भमा, हामी सन् २०२६ लाई 'भारत–आसियान समुद्री सहयोग वर्ष' घोषणा गर्दैछौं।'

साथै, शिक्षा, पर्यटन, विज्ञान र प्रविधि, स्वास्थ्य, हरित ऊर्जा, र साइबर सुरक्षामा सहकार्यलाई निरन्तर अगाडि बढाइरहेको उनको भनाइ छ। उनले भने,'एक्काइसौं शताब्दी हाम्रो शताब्दी हो । भारत र आसियानको शताब्दी। मलाई पूर्ण विश्वास छ कि आसियान समुदाय दृष्टि २०४५ र विकसित भारत २०४७ का लक्ष्यहरूले सम्पूर्ण मानवताका लागि उज्ज्वल भविष्य निर्माण गर्नेछन्। तपाईं सबैसँगै भारत यो दिशामा काँधसँग काँध मिलाएर अघि बढ्न प्रतिबद्ध छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.