ट्यांकरको ‘क्यालिब्रेसन’मा नापतौलको असुलीबारे अख्तियारमा उजुरी

ट्यांकरको ‘क्यालिब्रेसन’मा नापतौलको असुलीबारे अख्तियारमा उजुरी

भैरहवा : रुपन्देहीको बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको नियम विपरीत क्यालिब्रेसन (डिपरडले गरिने ट्यांकीको नापजाँच) गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ट्यांकरबाट इन्धन ढुवानी गर्दा परिमाण ठिक छ÷छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो।

कार्यालयले गत असोज २३, २४ र २५ गते नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी डिपोबाट इन्धन ढुवानी गर्ने २७ वटा ट्यांकरको क्यालिब्रेसन नापजाँच गरेका थिए। गुणस्तर तथा नापतौल कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरको प्रत्येक वर्ष नापजाँच गरेर क्यालिब्रेसन चार्ट र जाँच प्रमाणपत्र जारी गर्छ । जसअनुसार ट्यांकरमा जाँच परिमाण बराबरको पेट्रोलियम पदार्थ ढुवानी हुने गर्दछ।

तर, गुणस्तर तथा नापतौल कार्यालय प्रमुख तिलक केसीसमेतले प्रति ट्यांकर १२ हजार देखि १५ हजार रुपैयाँको दरले घुस असुलेर ट्यांकीको वास्तविक नाप भन्दा बढी गहिराई रहेको चार्ट प्रतिवेदन तयार गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । त्यही चार्ट प्रतिवेदनका आधारमा नेपाल आयल निगमले डिपरडले ट्यांकीको गहिराई नाप्दै भन्दै ट्यांकरको ट्यांकीमा इन्धन भर्ने गर्छ ।

‘ट्यांकरमा रहेको मध्ये एउटा ट्यांकी अर्थात च्याम्बर चार हजार लिटरको छ भने डिपरडले ट्यांकीको जाँच गर्दा उक्त ट्यांकीको गहिराई १३६ दशमलव ५ सेन्टिमिटर हुन्छ । तर, ट्यांकरको ट्यांकी जाँच गर्न गएका कार्यालय प्रमुख केसी समेतका कर्मचारीहरुले ट्यांकी वास्तविक गहिराई भन्दा घुस लिएर कागजमा बढी गहिराई रहेको रिपोर्ट दिएका छन्’, उजुरीमा भनिएको छ’, ट्यांकीको गहिराईमा जाँच गरेको वास्तविकता भन्दा बढीको फरक देखाएर जाँच प्रमाणिककरण गर्दा ट्यांकीको आयतनमा फरक पार्छ । जुन वार्षिक लाखौ÷करोडौंको घोटाला हुने गर्दछ । यी घोटालामा नेपाल आयल निगमको पनि साथ हुन्छ ।’

मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासनमा माग गर्दै आन्दोलन भएपनि नापतौल कार्यालयमा सुधार नआएको सरोकारावालाहरु बताउँछन् । अन्दोलनको क्रममा उक्त कार्यालयमा पनि आगजनी गरिएको थियो ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी र प्यूठान कार्यक्षेत्र रहेको कार्यालयका प्रमुख केसीले यी मध्ये केही जिल्लाहरुको पेट्रोलपम्पको नविकरणका लागि व्यवसायीबाट प्राप्त निवेदनउपर कारबाही गर्नका लागि समेत घुस लिएर काम गरेको यस अघि अख्तियारमा परेको उजुरीमा आरोप छ ।

कार्यालयबाट तीन दिनमा २७ वटा ट्यांकरको क्यलिब्रेसन गरिएको छ। जसको वास्तविक क्यालिब्रेसन भन्दा फरक क्यालिब्रेसन गरेर प्रमाणिकरण गरिएको क्यालिब्रेसन चार्ट र जाँच प्रमाणपत्र दिइएको उजुरीमा उल्लेख छ।

स्रोतबाट प्राप्त सूचना अनुसार असोज २३ गते नापतौल कार्यालयबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित विएनएस ढुवानी सेवाको लु २ ख १५४५, कपिलवस्तुस्थित कनोडीया ब्रदर्सको लु २ ख ६३७१, न्यू सिद्धार्थ डिजेल सेन्टरको लु १ ख ९७९०, ओमसतिया गाउँपालिकास्थित गणेश ढुवानी सेवाको लु १ ख ७६४९ र तिलोत्तमा नगरपालिकास्थित पौडेल यातायात प्रालिको लु २ ख २२५५ गरी पाँच वटा ट्यांकरको क्यलिब्रेसन गरिएको थियो ।

असोज २४ गते ओमसतिया गाउँपालिकास्थित एक्सप्रेस परिवहन सेवा प्रालिको ना ७ ख ८१३, ना ७ ख ०८१२, लु १ ख ६५८१, सुनवलस्थित त्रिनेत्र आयल सप्लायर्सको लु १ क ३०८५, त्रिनेत्र पेट्रोलियमको लु १ क ३०८६, तिलोत्तमा नगरपालिकास्थित खर्क बहादुर ढुवानी सेवाको लु २ ख १५०३ क्यलिब्रेसन गरिएको छ।

त्यस्तै असोज २५ गते बुटवलस्थित इश्वरी लजिष्टिक्स प्रालिको लु २ ख ४८३५, लु २ ख ४८४१, मिलन ब्रदर्सको लु १ क ३०२८, कपिलवस्तुस्थित समिर फिलिङ सेन्टरको लु १ क ५६५२, तिलोत्तमा नगरपालिकास्थित बालाजी पेट्रोलियम ढुवानी सेवाको लु २ ख ३९४०, पुन ढुवानी सेवाको लु १ ख ६४७३, पौडेल यातायात प्रालिको लु १ ख ६५०४, अन्सारी ढुवानी सेवाको लु १ ख ६४३०, विश्वकर्मा ढुवानी सेवाको लु १ ख ९९५६, पशुपति ढुवानी सेवा प्रालिको लु १ ख ६४१७, सिद्धार्थनगर नगरपालिकास्थित जयप्रकाश ढुवानी सेवा लु १ ख ६३७१, सूर्य ट्रान्सपोर्टको लु २ ख २७५८, ओमसतिया गाउँपालिकास्थित एक्सप्रेस परिवहन सेवा प्रालिको ना ७ ख ७५०, ना ७ ख ८११, शाह पेट्रोलियम प्रालिको लु १ ख ६६३७, अर्घाखाँचीस्थित अर्घाखाँची आयलको लु २ ख १५७ गरी कुल १६ वटा ट्यांकरको क्यलिब्रेसन भएको थियो। कुन-कुन ट्यांकरमा वास्तविकभन्दा फरक क्यलिब्रेसन गरिएको विषयमा उजुरीमा उल्लेख छैन।

गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक केसीले नेपाल आयल निगम, ट्यांकर धनी र नापतौल कार्यालय गरी तीन पक्षको रोहवरमा ट्यांकरको क्यलिब्रेसन हुनेहुँदा तलमाथी नहुने र क्यलिब्रेसन चार्टमा कुनै कैफियत नभएको दाबी गरे।

ट्यांकरको क्यलिब्रेसनमा ‘जिरो टोलरेन्स’ अपनाइएकोले अतिरिक्त रकम लिएको विषय निराधार रहेको उनको भनाई छ। उनले कर्मचारीले क्यलिब्रेसन बापतको राजस्व बाहेक अतिरिक्त रकम नलिएको र लिएको पाइएको कारवाही हुने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.