कर्णालीमा पनि सुरु भयो नर्सहरूको आन्दोलन

कर्णालीमा पनि सुरु भयो नर्सहरूको आन्दोलन

वीरेन्द्रनगर : कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू आन्दोलित भएका छन्। बुधबार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गरी आन्दोलनको सुरुवात गरेका हुन्। 

देशव्यापी रूपमा नर्सहरूको श्रम शोषण भएको भन्दै आन्दोलन भइरहेका बेला नेपाल नर्सिङ संघ सुर्खेतको अगुवाइमा सुर्खेतमा पनि आन्दोलनको सुरुवात भएको हो। प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बुधबार अस्पतालमा दुई घण्टासम्म हातमा कालो पट्टी बाँधेर धर्ना दिए। 

नेपाल नर्सिङ संघ सुर्खेत शाखा अध्यक्ष एवं प्रदेश अस्पताल सुर्खेत नर्सिङ विभाग प्रमुख शकुन्तला सापकोटाले नर्सहरूलाई श्रम अनुसारको पारिश्रमिक नभएको भन्दै आफूहरू अस्पताल जस्तो संवेदनशील क्षेत्रको काम छोडेर आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले नर्सहरूले जोखिमपूर्ण रोगसँग काम गर्नु पर्ने बाध्यता रहेको भन्दै नर्सहरूले काम अनुसारको सम्मान श्रम अनुसार ज्याला नपाएको बताइन्। 

सरकारले ओएनएम विना नै नर्सहरूलाई काम गराउँदै आएको छ। नर्सहरूको दरबन्दी र ओएनएम गर्दा होटेलमा लिएको रिर्पोटलाई आधार मानेर भन्दा फिल्डमा आएर यसको वास्तविकता बारे बुझ्नु पर्ने नर्सहरूको माग छ। कर्णाली प्रदेश सरकारले कर्णालीका नर्स माथि विभेद गरेको भन्दै तलब बाहेकका अन्य अधिकारबाट बन्चित आरोप नर्सहरूको छ। नेपालका अन्य ठूला अस्पतालहरूमा नर्सहरूलाई धेरै सुविधा दिएको छ। तर यहाँ शिशु स्याहार केन्द्रसम्म प्रदेश सरकारले स्थापना गर्न सकेको छैन। कर्णाली प्रोत्साहन भत्ता कामको आधारमा दिने भन्दा पनि डाक्टरहरूलाई कसैलाई ८० प्रतिशत कसैलाई ९० प्रतिशत र कसैलाई १०० प्रतिशत दिने गरिएको उनीहरूको भनाइ छ। 

‘फिल्डमा खटिएका नर्सहरूलाई अहिलेसम्म ४ हजार मात्र दिइन्छ। यो पनि कर्णालीका नर्सहरू माथिको ठूलो विभेद हो,’ नर्सिङ संघ सुर्खेतकी उपाध्यक्ष प्रतिमा पन्तले भनिन्, ‘नर्सहरूको माग जायज छ। एकैचोटी पूरा गर्न नसके पनि सरकारले विस्तारै हाम्रा मागहरूलाई पूरा गर्नुपर्छ।’

प्रदेश अस्पतालका निर्देशक गणेश थापाले नर्सहरूको दुई घण्टाको आन्दोलनले अस्पतालको काममा बाधा भएको बताए। अस्पताल जस्तो संवेदनशील ठाउँमा काम नै छाडेर यसरी आन्दोलन गर्न नहुने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.