घुससहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : घुस रकमसहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  दैलेख डुङ्गेश्वर गाउँपालिका गाउँकार्यपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएपछि कार्कीविरुद्ध आरोप - पत्र दायर गरेको आयोगले जनाएको छ।

आयोग प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध सडक निर्माण सकिएपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस वापत १ लाख रुपैयाँ  माग गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा घुस लिएको पुष्टि हुन आएपछि कार्कीविरुद्ध आरोप -पत्र दायर गरेको उनले जानकारी दिए।

अनुसन्धानका सिलसिलामा वरिष्ठ लेखा अधिकृत कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १,२ ,३,४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रियाको सहजीकरण गरिदिने भनी बहाना बनाइ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आरोप- पत्रमा उल्लेख  छ।

केही समयअघि कार्कीलाई आयोगको टोलिले सेवाग्राहीसँग १ लाख रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.