जेनजी आन्दोलनमा फरार दुईसहित चार जना पक्राउ

जेनजी आन्दोलनमा फरार दुईसहित चार जना पक्राउ

रौतहट : रौतहट प्रहरीले विभिन्न समयमा फरार भएर लुकेर बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जिल्लाको कटहरिया-१ (क)को २४ वटा कित्ताको ९ बिगहा १८  कठ्ठा १५ धुर जग्गामा अदालतको फैसला र पत्र किर्ते खडा गरी गैरकानुनी तवरले आफ्नो नाँउमा दाखिला गराएको आरोपमा रामपुकार राउत कोइरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

त्यस्तै प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा श्री धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरमा एजेन्टको रूपमा काम काज गर्दै आएका गौर ८ बस्ने  सुरेन्द्र साहलाई पक्राउ गरेर थप अनुसन्धानन थालेको छ। साहले गाँउका मानिसहरूलाई विभिन्न किसिमको प्रलोभनहरू देखाई विश्वासमा पारी १ वर्षे र ७८ महिने खाताहरू खोल्न लगाई सोही खाताहरुमा रकम जम्मा गराउँदै आएकोमा धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बन्द गरी प्रतिवादीहरू फरार रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुद्रराज कडेलले जानकारी दिए। 

त्यस्तै जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट फरार भएका चन्द्रपुर ६ ठोकर टोल बस्ने पनिलाल दास र जिल्ला कारागार कार्यालय गौर, रौतहटबाट  फरार भएका लागुऔषध मुद्दाको कैदीबन्दी चन्द्रपुर १ बस्ने वर्ष २८ को उमेश राना मगरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार कार्यालय गौर, रौतहटमा बुझाइएको सूचना अधिकारी कँडेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.