श्रीमती जिस्काएको आशंकामा तामाङको हत्या, ८१ वर्षीय वृद्ध पक्राउ

श्रीमती जिस्काएको आशंकामा तामाङको हत्या, ८१ वर्षीय वृद्ध पक्राउ

काठमाडौं : ललितपुर-२२ खोइचामा बुधबार विहानै एक पुरुषको शव फेला पर्‍यो। शव देख्ने स्थानीयले प्रहरीलाई खबर गरे। टाउको पछाडिको भागमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा उक्त पुरुषको शव भेटिएको थियो। घटना केही शंकास्पद लागेकाले नेपाल प्रहरीको केनाइनबाट तालिम प्राप्त कुकुरसमेतको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा मृतक धनबहादुर तामाङ भएको खुल्यो। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार दक्षिणकाली-९ स्थायी घर भएका धने भन्ने धनबहादुर तामाङलाई हत्या गरेको आरोपमा वृद्ध व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर-२५ बस्ने ८१ वर्षीय कान्छा पुतुवार रहेका छन्। उनलाई बुधबार साँझ ४ बजे ललितपुरमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो। मृतकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका कान्छा पुतुवारको श्रीमतीसँग धनबहादुरको निकटको सम्बन्ध भएको हुनसक्ने शंकाको आधारमा घटना घटेको देखिन्छ। पक्राउ परेका व्यक्तिसँगको बयानका क्रममा उनले एक जना सडकमा बस्ने महिलालाई ल्याएर घरमा राखेका थिए। पछि उनीहरू श्रीमान श्रीमतीको रूपमा रहन थाले। यही क्रममा उनकी श्रीमती मापसे गर्ने र बेला-बेला हराउने गर्थिन्। श्रीमती घरमा भएको बेला मृतक धनबहादुर बेला बेला घरमै आउने गर्थे। 

मृतकको गोजीमा कान्छाको श्रीमतीको फोटोसमेत प्रहरीले फेला पारेको छ। मंगलबार राति धनबहादुर मापसे गरेर कान्छाको घरमा आए। ढोका ढकढक गर्दै हल्ला खल्ला गरे। त्यो समयमा कान्छाको श्रीमती घरमा थिइनन्। मृतक तामाङले कान्छाको श्रीमतीलाई भैँसी बेचेर ल्याएको १५ हजार दिएको भन्दै माग्न आएको बताउँथे।

यही क्रममा कान्छाले तामाङलाई एक्कासी रिस आवेगमा आई धनबहादुर तामाङलाई धकेल्दा बिजुलीको पोलमा टाउको ठोकिन पुगी घाइते भई बेहोस भएका थिए। बेहोस भएका तामाङलाई खोल्साको बाटो हुँदै घिसारेर बाँसघारीमा लगी फालेको भनेर आरोपी कान्छाले प्रहरीमा बयान दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.