बीपी राजमार्ग अवरुद्ध भएपछि पुष्पलाल राजमार्गमा सवारीको चाप

बीपी राजमार्ग अवरुद्ध भएपछि पुष्पलाल राजमार्गमा सवारीको चाप

शुक्रबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप बढेको छ। बीपी राजमार्ग अवरुद्ध भएपछि पुष्पलाल राजमार्गमा सवारीको चाप बढेको हो। 

बीपी राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनले पुष्पलाल राजमार्ग प्रयोग गरेर काठमाडौं गएको ट्राफिक प्रहरी प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए। 

उनका अनुसार ओखलढुंगा, उदयपुर, सोलुखुम्बु लगायतका जिल्लाबाट छुटेका सवारीसाधनले वैकल्पिक रूपमा पुष्पलाल मार्ग प्रयोग गरेका हुन्।

यसअघि पनि असोजमा बाढी र पहिरोले बीपी राजमार्ग अवरुद्ध बनेपछि त्यस भेगका सवारीसाधनले पुष्पलाल हुँदै अरनिको राजमार्ग प्रयोग गरेका थिए। 

कोशी र मधेश प्रदेशबाट छुटेका अधिकांश साना तथा ठूला सवारी साधन बर्दिबास–सिन्धुली–खुर्कोट, (मन्थली–चरिकोट) हुँदै राजधानी जानेक्रम बढेको  ट्राफिक प्रहरी प्रमुख भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.