‘खुनी दरिन्दे समूह’का चार जना कारागार चलान

‘खुनी दरिन्दे समूह’का चार जना कारागार चलान

वीरगन्ज : गोल्डेन भनिने २० वर्षीय शिवम साह कानुको हत्यामा संलग्न ‘खुनी दरिन्दे समूह’का चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा पठाएको छ। उक्त घटनामा संलग्नमध्येका अन्य दुई जना भने धरौटी बुझाएर रिहा भएका छन्। 

गत असोज १४ गते महाअष्टमीका राति लागेको दशैं मेलामा वीरगन्जको गीतामन्दिर नजिक युवाहरूको दुई समूहबीच कुटपिट हुँदा बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ स्थायी घर भई हालः वीरगन्ज महानगरपालिका-१० मा बस्दै आएका गोल्डेनको हत्या भएको थियो। 

उक्त घटनामा संलग्न खुनी दरिन्दे समूहका ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पर्सा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि तीमध्ये ३ जनालाई वीरगन्ज कारागारमा र एक जनालाई बाल सुधार गृहमा पठाएको हो। 

जिल्ला प्रहरी कार्यालय पर्साका  प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, अदालतले वीरगन्ज-२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभांकर चौरसिया र २२ वर्षीय अमिरी पटेललाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गर्ने आदेश दिएको हो भने १७ वर्षीय किशोरलाई बाल सुधार गृह पठाउने फैसला गरेको हो।

उक्त घटनामा संलग्न चन्दन चौरसिया र अमन पटवा भने अदालतले तोकेको दुई/दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने मन्टु पटेलले ५० हजार धरौटी बुझाउन नसकेपछि उनलाई पनि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.