भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

भोजपुर : ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। षडानन्द नगरपालिका-४ मा शनिबार भएको दुर्घटनामा चार जना घाइते भएका छन्।

चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १-०२-००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका-४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका-४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए।

दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ छन्। उनीहरूको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.