प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ

रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता

रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८  बेपत्ता

दोलखा : रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा ८ जना पर्यटक बेपत्ता भएका छन्। पहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ भने ४ जना पर्यटक घाइते भएका छन्।

गत कात्तिक ११ गते दोलखाको गौरीशंकर गाउँपालिका-९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल आरोहणका लागि १५ जनाको टोली गएका थिए। उनीहरू सोमबार बिहान ८ बजेतिर हिमपहिरोमा परेका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए। १५ जनाको टोलीहरूमा को के भए भनेर पहिचान खुल्न सकेको छैन।

आरोहण टिममा दुई/तीन वटा ग्रुप रहेको र एउटा ग्रुपमा दुई जना विदेशीसहित चारजना रहेको स्थानीयले बताएका छन्। उनीहरू यलुङ रि आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको पनि बताए। डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुईजना ना गाउँमा बसेको स्थानीयले बताएका छन्। 

पर्यटकहरू बेपत्ता भएको खबर ना गाउँका स्थानीयहरूलाई १० बजेतिर नै थाहा भएको र लगतै उद्धारका लागि हेलिकोप्टर मगाइएको भए पनि कानुनी प्रक्रिया पुरा गर्दा ४/५ घण्टासम्म पनि हेलिकोप्टर आउने अवस्था नभएको बेपत्ता आरोहीका साथीहरूले बताएका थिए। 

उनीहरूको उद्धारका लागि स्थानीय प्रशासनले हेली एभरेस्टलाई निषेधित क्षेत्रमा उडानका लागि अनुमति दिएको छ। प्रतिकूल मौसमका कारण घटनास्थलमा हेलिकोप्टर पुग्न सकेको छैन। नेपाली सेना, सशस्त्रको टोली र प्रहरीका टोलीहरूद्वारा उद्धारका लागि प्रयास भइरहेको पनि प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.