रेडियो चोरी मुद्दाका फरार अभियुक्त ४७ वर्षपछि पक्राउ
काठमाडौं : नकबजनी चोरी मुद्दाका फरार अभियुक्त ४७ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले स्याङ्जाको गल्याङ नगरपालिका-०७ कल्लेरी बस्ने लालबहादुर रानालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार १५ बैशाख ०३५ मा स्याङ्जा साविक पेलाकोट गाउँपञ्चायत-२ हाल गल्याङ नगरपालिका-७ कल्लेरी बस्ने दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएपछि रानामगरको जाहेरीमा अदालतमा मुद्दा दर्ता गरेका थिए। १६ मंसिर ०४५ मा स्याङ्जा जिल्ला अदालतबाट रानामगरलाई एक महिना १५ दिन कैद र ४ हजार ५०० रुपैयाँ जरिवाना सुनाएको थियो।
अदालतले सजाय सुनाएपछि राना फरार रहेका थिए। पक्राउ परेका रानालाई कैद तथा जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराइ जिल्ला कारागार स्याङ्जा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
४