जेनजी आन्दोलन : बयानका लागि रवि लामिछाने सिंहदरबारमा

जेनजी आन्दोलन : बयानका लागि रवि लामिछाने सिंहदरबारमा
तस्बिर : अन्नपूर्ण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबारमा ल्याइएको छ। जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयानका लागि लामिछानेलाई सिंहदरबार झिकाएको हो। 

ललितपुर प्रहरी परिसरका अनुसार जाँचबुझ आयोगले बयानका लागि झिकाएपछि लामिछानेलाई सिंहदरबार लगिएको हो। अहिले सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा उनको बयान जारी छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लामिछाने कारागारबाट भागेका थिए। उनीसँगै भागेका अन्य कैदीहरूले आफू पनि बाहिर निस्कन पाएको भन्दै  रास्वपालाई धन्यवाद दिएका थिए।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने अदालतको आदेशबिनै कारागारबाट निस्किएका थिए। आफू कानुनी प्रक्रिया पूरा गरेर बाहिरिएको दावी गर्दै कारागार प्रशासनले दिएको भनिएको रिहाइ पत्र समेत सार्वजनिक गरेका थिए। 

तर, नख्खु कारागार प्रशासनले उक्त पत्र फर्जी भएको दावी गर्दै उनीसहित भागेका सबै कैदीबन्दीहरूलाई तत्काल फर्कन निर्देशन दिएपछि उनी कारागार फर्किएका थिए। बाहिर निस्किएपछि उनको चौतर्फी आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.