सुन-चाँदीको मूल्य फेरि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। बुधबार ११ सयले घटेको सुन आज ६०० ले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ६०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३७ हजार ८०० कायम भएको छ। बुधबार सोही परिमाणको सुनको मूल्य २ लाख ३७ हजार २०० पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार १० कायम भएको छ। बुधबार प्रतितोला चाँदी २ हजार ९९० मा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !
४