सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम बढ्यो

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्ड‍ेक्स ०.४५ प्रतिशतले घटेर ४५१.५२  विन्दुमा पुगेको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढेर २६ सय विन्दुमा उक्लिएको थियो।

नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ४ अर्ब बराबरको सेयर कारोबार भएकोमा आज ५ अर्ब बढीको कारोबार भएको छ।

यसदिन ३२० स्क्रिप्सको १ करोड ८ लाख ६८ हजार  १४६ कित्ता सेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। धर्मखोला हाइड्रो इनर्जी र माविलुङ्ग इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो।  सो कम्पनीको ३० करोड ९१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। राधी विद्युत कम्पनीको ३० करोड ७६ लाख ,हिमालयन डिस्टिलरीको २७ करोड,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २७ करोड र युनियन हाइड्रोपावरको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ७७ वटा स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। आज दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.